कर्णाली प्रदेशमा कोरोनाको पहिलो केस, थप दुई जिल्लामा संक्रमण फैलियो, १८ नयाँ संक्रमित थपिए

कर्णाली प्रदेशमा कोरोनाको पहिलो केस, थप दुई जिल्लामा संक्रमण फैलियो, १८ नयाँ संक्रमित थपिए

काठमाडौंः कर्णाली प्रदेशमा कोरोनाको पहिलो केस फेला परेको छ । दैलेखका एक पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । भेरी अस्पतालमा गरेको परीक्षणमा उनको नतिजा पाजेटिभ आएको हो ।

सोमबार राति थप १८ जना संक्रमित थपिएकामध्ये एक जना दैलेखका हुन् । यस्तै, खोटाङमा पनि नयाँ केस फेला परेको छ । खोटाङ र दैलेख दुबैमा संक्रमण पहिलोपटक हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ १८ संक्रमित थपिएपछि कूल संख्या ३७५ पुगेको छ । सोमबारमात्र ८० जना संक्रमित थपिएका छन् ।

संक्रमण पुष्टि भएका १२ जना बाँकेका छन् । यस्तै, धनुषाका २ जना छन् ।