काठमाडौंको मासु पसलमा कोरोना !

काठमाडौंको मासु पसलमा कोरोना !

काठमाडौंको कालीमाटीमा मासु सप्लाई गर्दै आएका एकजनामा कोरोना भाइरस पुष्टि भएको छ । कोरोना भाइरसको संक्रमण पुष्टि भएका बर्दियाका २८ वर्षीय पुरुष काठमाडौं, कालीमाटीका व्यवसायी भएको पत्ता लागेको हाे । जिल्ला सदरमुकाम गुलरिया नगरपालिका ११ लालपुरका स्थायी बासिन्दा उनी बन्दाबन्दीमा घर आएका र पाँच दिनअघि काठमाडौं फर्किएको स्थानीय प्रशासनले जनाएको छ ।

काठमाडौं स्वाब परीक्षणपछि मात्र उनमा कोरोनाको संक्रमण भएको पुष्टि हो । कालीमाटीमा राँगाको मासु व्यापार गर्दै आएका संक्रमित पुरुष गत वैशाख २९ गते लालपुरबाट ट्रक चढेर काठमाडौंं आएका थिए । उनी चढेको ट्रक धनगढीको रहेको र सोही ट्रकमा उनी काठमाडौं फर्केको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले जानकारी दिए ।

उनको सम्पर्कमा आएकाहरुको खोजी भइरहेको छ । संक्रमितका परिवारमा २२ जना छन् । सबैको पीसीआर परीक्षण गरिएकाे स्वास्थ्य प्रमुख गिरीले जानकारी दिए ।