कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएकी सिन्धुपाल्चोककी २९ वर्षकी महिलाले भर्खरै जन्माएको नवजात शिशुसहित उनको सम्पर्कमा आएका उनका परिवारका सदस्यको कोरोना टेस्ट रिपोर्ट नेगेटिभ आएको छ । महिलाको शिशु, श्रीमान, सासु र बहिनीको परीक्षण रिपोर्ट नेगेटिभ आएको हो । धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना भाइरस संक्रमण देखिएन ।
नवजात शिशुलाई भने जन्डिसको समस्या देखिए जनि अन्य सबैको अवस्था सामान्य छ । यसप्रकारको जन्डिसको समस्या अन्य शिशुहरुमा पनि देखिने भएकोले आत्तिनु पर्ने अवस्था नभएको अस्पतालले जनाएको छ । उनीहरु सबै अस्पतालको आइसोलेसनमा छन् ।
सिन्धुपाल्चोक बाह्रबिसेकी सुत्केरीको गत बिहिबार धुलिखेल अस्पतालमा मृत्यु भएको थियो । उनी कोभिड–१९ का कारण नेपालमा मृत्यु हुने पहिलो व्यक्ति हुन् ।