कोरोनाबाट आमा गुमाएका १२ दिने शिशुमा जण्डिस

कोरोनाबाट आमा गुमाएका १२ दिने शिशुमा जण्डिस

कोरोना भाईरसको संक्रमणबाट ज्यान गुमाएक महिलाको १२ दिने नवजात शिशुमा जण्डिस देखिएको छ। सिन्धुपाल्चोक बाह्रबिसेकी २९ बर्षिय महिलाको गत बिहीवार उपचारको क्रममा ज्यान गएको थियो

बिहीवार नै उनको पति र नवजात शिशुलाइ अस्पतालमा भर्ना गरिएको थियो। धुलिखेल अस्पतालका प्रवक्ता सुमनराज ताम्राकारले शिशुमा जण्डिस देखिएको पुस्टी गरे। ताम्राकारका अनुसार कम समयमा नै शिशुको जन्म भएको हो। आइतबार बिहानसम्मको स्थितिसम्म शिशुको अवस्था सामान्य देखिएपनि उसमा जण्डिस देखा परेको छ।

शिशुको आइसोलेसमा उपचार भइरहेको छ। आमाको कोरोना भाईरसको संक्रमणबाट मृत्यु भएका कारण शिशुको पनि थ्रोड स्वाब परिक्षणको लागि लिइएको छ।