कोरोना संक्रमणबाट महिलाको मृत्यु र शिशुको स्वास्थ्यलाई लिएर धुलिखेल अस्पतालले जारी गर्यो यस्तो विज्ञप्ति

कोरोना संक्रमणबाट महिलाको मृत्यु र शिशुको स्वास्थ्यलाई लिएर धुलिखेल अस्पतालले जारी गर्यो यस्तो विज्ञप्ति

एक सुत्केरी महिलाको कोरोनाको कारण मृत्यु भएपछि धुलिखेल अस्पतालले घटनाबारे बिस्तृत जानकारी दिँदै एक विज्ञप्ति जारी गरेको छ । सिन्धुपाल्चोक बाह्रबिसेकी २९ बर्षिया महिलाको बिहीबार राति १० बजे उपचारको क्रममा मृत्यु भएको थियो ।

स्वासप्रस्वासमा समस्या र ज्वरो पनि देखिएपछि धुलिखेल अस्पतालले मृतक महिलाको स्वाब शुक्रबार बिहान निकालेर पीसीआर विधिबाट परीक्षण गर्दा कोरोना देखिएको विज्ञप्तिमा उल्लेख छ । पुनः परीक्षणको लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएकोमा टेकुले पनि कोरोना पुष्टि गरेको थियो ।

अस्पतालले शनिबार दिउँसो मृतकको श्रीमान, सासु र नन्दको स्वाब निकालिसकेको छ । ११ दिने शिशुको स्वास्थ्य सामान्य रहेको अस्पताद्धारा जारी विज्ञप्ति मा उल्लेख छ । ती महिला २३ गते टिचिङ अस्पतालमा भर्ना भएर २४ गते सुत्केरी भएकी थिइन् । सुत्केरीको अवस्था सामान्य भएपछि २५ गते उनीहरु बाह्रबिसे गएका थिए ।