सेनाका पृतनापति र स्वाब संकलन गर्ने चिकित्सक संक्रमित, ब्यारेक सिल, २ हजार सैनिक जोखिममा

सेनाका पृतनापति र स्वाब संकलन गर्ने चिकित्सक संक्रमित, ब्यारेक सिल, २ हजार सैनिक जोखिममा

जनकपुरधाम । कोरोना भाइरसको संक्रमण देखिएका नेपाली सेनाको मध्यपूर्वी पृतनाका पृतनापति र एक जना चिकित्सकलाई उपचारका लागि काठमाडौं पठाइएको छ। महोत्तरीको बर्दिवास नगरपालिकाको किसान नगरमा अवस्थित मध्यपूर्वी पृतनाका पृतनापति ५२ वर्षीय उपरथी र सेनाका एमबीबीएस डाक्टरमा शनिवार संक्रमण पुष्टि भएको थियो।

सेनाका ती चिकित्सक प्रदेश २ का विभिन्न जिल्लामा कोरोना संदिग्ध ब्यक्तिहरूको स्वाब संकलनका लागि जाने गरेको खुलेको छ। यससँगै नेपालमा स्वाब संकलन गर्न जाने पहिलो व्यक्तिमा संक्रमण देखिएको छ।

पृतनापति र चिकित्सकमै कोरोना देखिएपछि अवस्थित मध्यपूर्वी पृतनाको ब्यारेक सिल गरिएको छ। त्यसबाहेक ब्यारेकभित्र रहेका सेनालाई पनि सामाजिक दूरी कायम गर्न भनिएको उनले बताए।

सिडिओ खत्रीका अनुसार त्यहाँ ब्यारेकभित्र अस्पताल, विद्यालय समेतका संरचनाहरू निर्माणाधिन रहेको छ। उक्त ब्यारेकभित्र एक गण, एक गुल्म, सिग्नल गण, मेडिकल गण, बिद्यालय गणसहित पृतनाका समेत सेना गरेर २ हजारको हाराहारीमा जनशक्ति रहेको छ।