पूर्वसचिव त्रीताल भन्छन्-'संक्रमितको नाम, थर र वतन खुलाउँनुपर्छ'

पूर्वसचिव त्रीताल भन्छन्-'संक्रमितको नाम, थर र वतन खुलाउँनुपर्छ'

पूर्वसचिव शारदाप्रसाद त्रीतालले कोरोना संक्रमितको नाम, थर र वतन खुलाउँनु जरुरी रहेको बताएका छन् । संक्रमित व्यक्तिको पहिचान खुलाएमा निजसँग भेट गरेका वा संपर्कमा आएका सबै व्यक्तिले आफ्नो बारेमा सतर्क रहने उनले बताए ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले कोरोनाबाट बच्ने सबभन्दा महत्वपूर्ण उपाय स्वयंसुरक्षा भएकोले यसका लागि संक्रमित व्यक्तिको पहिचान खुला गर्नु नै उचित हुँने धारण राखे । संक्रमितको परिचय गोप्य राख्दा निजसँगको संपर्कमा आएका व्याक्तिहरु सतर्कता अपनाउनबाट बन्चित हुनेगरेको उनले बताए ।

उनी लेख्छन्-'संक्रमितको नाम, थर र वतन खुलाउँनु जरुरी भइसक्यो ! यदि संक्रमित व्यक्तिको पहिचान खुलाउने हो भने निजसँग भेट गरेका वा संपर्कमा आएका सबै व्यक्तिले आफ्नो बारेमा सतर्क रहने सम्भावना बढी हुन्छ । संक्रमित व्यक्तिले आफुले को कोसँग भेट गरें भनेर सम्झन र निजहरुलाई आफु संक्रमित भएको जानकारी गराउन कठिन हुन्छ । कोरोनाबाट बच्ने सबभन्दा महत्वपूर्ण उपाय स्वसुरक्षाा भएकोले यसका लागि संक्रमित व्यक्तिको पहिचान खुला गर्नु नै उचित हुन्छ ।'

उनी बहुचर्चित बालुवाटार जग्गा काण्ड बाहिर ल्याएर चर्चा कमाउने पूर्वसचिव हुन ।