कोरोनाबारे सरकारी तयारी शुन्य, मृतक महिलाको शव उठाउन कोहि नमानेपछि सामाजिक अभियान्ताले उठाए

कोरोनाबारे सरकारी तयारी शुन्य, मृतक महिलाको शव उठाउन कोहि नमानेपछि सामाजिक अभियान्ताले उठाए

धुलिखेल अस्पतालमा कोरोनाबाट मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको शव बोक्ने शववाहन नपाएपछि भक्तपुरका सामाजिक अभियान्ताहरुले शव आर्यघाटसम्म ल्याइदिएको खुलाशा भएको छ ।

कोरोना संक्रमणबाट महिलाको निधन भएपछि शववहान नपाएर अलपत्र पर्ने देखिएपछि भक्तपुर जिल्लाका समाजसेवी तथा सामाजिक युवा अभियान्ता श्री अरुण सैंजुको टिमले भक्तपुर बाट गएर व्यवस्थित ढंगले शबलाई आर्यघाट सम्म पुर्‍र्याएको थियो । वीर दल गणको गणपती कर्णेल शिव प्रसाद पौडेल र जिल्ला प्रहरी प्रभाग प्रमुख एस पी सबिन प्रधान लगायतको पहलमा शवलाई आर्यघाट पुर्याइएको थियो ।

सिन्धुपाल्चोक राम्चेकी ती महिलालाई स्वाशप्रश्वासमा समस्या देखिएपछि बिहीबार धुलिखेल अस्पताल ल्याइएको थियो । अस्पताल पुर्‍याएको केही क्षणमै उनको मृत्यु भएको थियो । शनिबार कोरोना संक्रमणबाट उनको निधन भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको थियो ।

यो घटनापछि कोरोना संक्रमितको मृत्यु भएमा कसरी व्यवस्थापन गर्ने भन्नेवारे सरकारी तयारी शुन्य रहेको प्रष्ट भएको छ ।