धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको दाहसंस्कारको तयारी, कोरोना संक्रमितको मृत्यु भएमा पोष्टमार्टम नगरिने

धुलिखेल अस्पतालमा बिहीबार मृत्यु भएकी महिलाको सुरक्षा निकायले दाह संस्कार गर्ने भएको छ । कोभिड–१९ भाइरसका कारण मृत्यु भएको व्यक्तिको शव सुरक्षा निकायको समन्वयमा दाहसंस्कार गर्ने व्यवस्था छ । धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा ती महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोनाले मृत्यु भए पोष्टमार्टम गर्नुनपर्ने कार्यविधि भएकोले ती महिलाको शवको पोष्टमार्टम गरिएको छैन ।

सरकारले आधिकारिक रुपमा ती महिलाको मृत्यु कोरोना संक्रमणबाट भएको वा नभएको खुलाएको छैन । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शनिबार साँझ महिलाको मृत्युबारे अध्ययन भइरहेको बताएका छन् ।

यतिवेला नेपाल प्रहरीले महिलाको शव दाहसंस्कारको लागि शव बाहनमार्फत पशुपति आर्यघाट लाँदैछौं ।