शनिबार थपिएका दुबै कोरोना संक्रमित नेपाली सेनाका

शनिबार थपिएका दुबै कोरोना संक्रमित नेपाली सेनाका

शनिबार थपिएका दुबै जना कोरोना संक्रमित नेपाली सेना रहेको खुलेको छ। उनीहरू मध्यपूर्वी पृतना, महोत्तरीमा कार्यरत रहेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए

उनीहरू एकजना महोत्तरीका ५२ वर्षीय पुरुष र काभ्रेका २६ वर्षीय युवक हुन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ७८ पुगेको छ। जसमा ३६ जना निको भएका छन्।