लिपुलेक नेपालकै भुमि हो, भारतीय सेनापतिले भनाइ सच्याउनुपर्छ : प्रवक्ता श्रेष्ठ

नेकपाका नेता नारायणकाजी श्रेष्ठले भारतीय सेना प्रमुखले लिपुलेकबारे आफ्नो भनाइ सच्याउनुपर्ने बताएका छन् । भारतीय सेना प्रमुख मनोज नरभानले नेपालले अरु कसैको उस्काहटमा लिपुलेकको विषय नेपालले उचालेको आरोप लगाएका थिए ।

आज नेकपाका प्रवक्तासमेत रहेका नारायणकाजी श्रेष्ठले भारतीय सेना प्रमुखको भनाई खण्डन गर्दै फिर्ता लिन आग्रह गरेका छन् ।

ट्वीटमार्फत श्रेष्ठले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालकै भुमि भएको र भारतले नेपालको भुमिमा सडक बनाएको बताए । उनले नेपाल आफ्नो सार्वभौमसत्ता र स्वतन्त्रतामा अडिग रहेको पनि उल्लेख गरेका छन् ।