क्वारेन्टाइनमा बसेका बिरामी रक्सी किन्न गएपछि ...

क्वारेन्टाइनमा बसेका बिरामी रक्सी किन्न गएपछि ...

नवलपरासी (पश्चिम)को रामग्राम नगरपालिकाको एक क्वारेन्टाइनबाट भागेका भनिएका व्यक्ति मदिरा लिन गएको खुलेको छ । रामग्राम नगरपालिकास्थित आदर्श माविको क्वारेन्टाइनमा बसेका दुईरतीन जना युवा बिहीबार साँझ क्वारेन्टाइनस्थलबाट भागेका थिए । उनी बजारबाट मगाएको मदिरा लिन गएको पाइएको रामग्राम नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामनरेश रायले जानकारी दिए ।

उनीहरुले साथीमार्फत बजारबाट मदिरा मगाएका थिए । मदिरा लिएर फर्किँदा प्रहरीले देखेपछि भागेका थिए । साथीले मदिरा ल्याइदिएपछि बाहिर निस्किएको बेला सुरक्षाकर्मीले देखेपछि उनीहरु भागेका हुन् ।

रामग्राम नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामनरेश रायले भने, ‘१८–१९ वर्षका दुईरतीन जनाले मदिरा मगाएर सेवन गरेको स्वीकार गरे, हामीले आइन्दा त्यसो नगर्न सम्झायौं ।’