सरकारी कार्यालय १५ दिन बन्द गरिने

सरकारी कार्यालय १५ दिन बन्द गरिने

उपत्यकाका सबै सरकारी कार्यालय १५ दिन बन्द हुने भएको छ । उपत्यका ३ जिल्ला प्रशासन कार्यालय बसेको संयुक्त बैठकले १५ दिन सरकारी कार्यलयहरु बन्द गर्ने निर्णय गरेको हो ।

बैठकले उपत्यकामा कोरोना भाइरसको जोखिम उच्च बन्दै गएको भन्दै उपत्यकाका ३ जिल्लामा अत्यावश्यक सेवा बाहेक अन्य सबै सरकारी कार्यालय बन्द गर्ने निर्णय गरेको हो । बैठकमा सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य, विद्युत, दूरसञ्चार, खानेपानी, दैनिक उपभोग्य वस्तु मात्र खुल्ला हुन दिने बताइएको छ ।

यो नियम जेठ ५ गतेदेखि लागू हुने अनुमान गरिएको जनाइएको छ । जेठ ५ पछि लकडाउनमा पनि थप कडाइ गरिने तयारी गरिएको छ ।

यता कोरोना रोकथामलाई प्रभावकारी बनाउनेबारे छलफल गर्न उच्चस्तरीय समन्वय समितिको अनौपचारिक बैठक बसिरहेको छ।

शुक्रबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा कोरोना रोकथाम र लकडाउनलाई प्रभावकारी बनाउनेबारे छलफल गर्न विज्ञहरूसहितको बैठक बसेको हो।