काठमाडौं निवासी अर्का व्याक्तिमा पनि कोरोना संक्रमण पुष्टि

काठमाडौं निवासी अर्का व्याक्तिमा पनि देखियो कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परीक्षणमा एक जना पुरुषमा संक्रमण पुष्टि भएको हो । मकवानपुर घर भएका ती व्यक्ति हाल काठमाडौं निवासी भएको बताइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार बिहान जारी गरेको प्रेस विज्ञप्तिका अनुसार काठमाडण्डौं निवासी ३७ वर्षीय पुरुषमा संक्रमण भेटिएको हो । यसैगरी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीका अनुसार अन्य संक्रमितहरु बाँके नैनापुर १, ३ र ५ निवासी १८, २०, २२, २५,२५ २७, ३२ र ३६ वर्षीय पुरुषहरु रहेका छन् ।

नेपालमा शुक्रबार थप ९ जनामा कोरोना भाइरसको संक्रमण भेटिएसँगै संक्रमितको संख्या २ सय ५८ पुगेको छ । संक्रमितमध्ये ३५ जना उपचारपछि घर फर्किएका छन् ।