जिल्लाभित्र चलाउने सवारी पास पनि खारेज गर्ने निर्णय

गृह मन्त्रालयले जिल्लाभित्र सवारी सञ्चालन गर्न दिइएको पास पनि खारेज गर्ने निर्णय गरेको छ । गृहमा बिहीबार बसेको बैठकले जिल्लाभित्र लागू हुने गरी प्रशासनले वितरण गरेको पास पनि खारेज गर्ने निर्णय गरेको हो ।

गृह मन्त्रालयका उप–सचिव उमाकान्त अधिकारीले भने, ‘शनिबारबाट लागू हुने गरी यो निर्णय गरेका हौं ।’ यसअघि गृहले एक जिल्लाबाट अर्को जिल्ला हिँड्ने गरी वितरण भएका सबै पास बिहीबारबाट खारेज गरिसकेको छ ।

नेपालमा २४६ जना संक्रमित पुगेका छन् । संक्रमित थपिनथालेपछि प्रधानमन्त्री केपी ओलीले लकडाउन थप कडा पार्न सम्बन्धित संपूर्ण निकायलाई निर्देशन दिएका थिए ।