काठमाडौं कोरोना संक्रमण पुष्टि भइ उपचाररत दुई संक्रमित फरार भएका छन् । वीरगंजको नारायणी अस्पतालको आइसोलेसनमा रहेका उनीहरु फरार भएका हुन् ।
उनीहरुको खोजी कार्य भइरहेको छ । स्थानीय प्रशासन स्रोतका अनुसार फरार दुबै पुरुष हुन् । खोजीका लागि सेना परिचालन भइरहेको छ।
खोजी कार्यलाई तीव्र बनाइएको छ ।