कोरोना अपडेटः बुधबार दुई संक्रमित थपिँदा, दुई जना उपचारपछि घर फर्किए

कोरोना अपडेटः बुधबार दुई संक्रमित थपिँदा, दुई जना उपचारपछि घर फर्किए

काठमाडौँः बुधबार थप दुई जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता विकास देवकोटाले बाँके र कविलवस्तुका दुई जनाको संक्रमण पुष्टि भएको जानकारी दिए । संक्रमितको कन्ट्याक ट्रेसिङ कार्य भइरहेको मन्त्रालयले जनाएको छ ।

यस्तै, बुधबार बुटवलका २५ वर्षीय पुरुष र चितवनमा उपचारका क्रममा रहेका दुई जना व्यक्ति डिस्चार्ज भएका छन् । निको भइ घर फर्कनेको संख्या ३५ छ । चितवनमा ६३ वर्षीय महिला २६औँ दिनमा डिस्चार्ज भएकी हुन् ।

मन्त्रालयका अनुसार उपत्यकामा ६ र बाहिर २३९ जना आइसोलेसनमा छन् । २४५ जना आइसोलेसनमा छन् ।