कोरोना परीक्षणका लागि उपराष्ट्रपति पुनको स्वाब नमूना संकलन

कोरोना परीक्षणका लागि उपराष्ट्रपति पुनको स्वाब नमूना संकलन

काठमाडौँः सङ्घीय संसद्को छैटौँ अधिवेशनमा प्रस्तुत हुने सरकारको नीति तथा कार्यक्रममा सहभागी हुनका लागि उपराष्ट्रपति नन्दबहादुर पुनको स्वाबको नमुना सङ्कलन गरिएको छ।

सङ्घीय संसद् सचिवालयको समन्वयमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आज कोभिड–१९ परीक्षणका लागि उहाँको स्वाबको नमूना सङ्कलन गरेको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्ती मगरले जानकारी दिए।

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी जेठ २ गते सङ्घीय संसद्मा आगामी आर्थिक वर्षका लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ।