खेलाडिद्धय दीपक विष्ट र आयशा शाक्यद्धारा खाद्यान्न सहयोग

खेलाडिद्धय दीपक विष्ट र आयशा शाक्यद्धारा खाद्यान्न सहयोग

ओलम्पियन दीपक विष्ट र १३ औं दक्षिण एसियाली खेलकुद (साग)की दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्यले बानेश्वर संगम चोकस्थित नयाँ नेपाल समाज केन्द्रलाई खाद्यान्न सहयोग गरेका छन् । समाज केन्द्रमा अनाथ ५५ बालबालिकाले आश्रय लिइरेका छन् ।

दीपक र आयशाले केन्द्रमै पुगेर १० बोरा चामल, २ बोरा चिउरा, २ बोरा दाल , तेल १ कार्टुन, नुन १ बोरा, भुजा १ बोरा, चिनी, चियापत्ती, चाउचाउ, बिस्कुटलगायतका आखन्न हस्तान्तरण गरेका थिए । सो खाद्यान्न सामाग्री केन्द्रका संस्थापक अध्यक्ष कृष्णराज गुरुङलाई हस्तान्तरण गरिएको थियो ।

उक्त सामान खरिदका लागि आफ्ना बाबु जुजुरत्न शाक्यले पनि आर्थिक सहयोग गरेको आयशाले जानकारी दिइन् । आशया र दीपक श्रीमान् श्रीमती हुन् । आयशाले यसअघि कीर्तिपुरको नगाँउका ३५ दृष्टिविहिनलाई खाद्यान्न वितरण गरेकी थिइन् । केन्द्रका अध्यक्ष कृष्णराज गुरुङका अनुसार केन्द्रमा ५५ जना बालबालिकाले आश्रय लिइरहेका छन् ।

हस्तान्तरण कार्यक्रममा बागमति प्रदेश सभासद गणेशप्रसाद दुलाल र काठमाडौं महानगरपालिका वडा नं ३१ का वडाध्यक्ष नारायणप्रसाद भण्डारी, राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटालगायतको उपस्थिति थियो ।