वीरगन्जका दुई जना पत्रकारमा पनि देखियो कोरोना संक्रमण

वीरगन्जका दुई जना पत्रकारलाई पनि कोरोनाभाइरसको संक्रमण देखिएको छ। मंगलबार वीरगन्जमा एकैदिन थपिएका ३९ जना कोरोना संक्रमितमध्ये दुई जना पत्रकार रहेको खुलेको छ ।

नेपालमा पत्रकारमा संक्रमण देखिएको यो पहिलो केस हो। आज एकैदिन ५७ जना व्यक्तिमा संक्रमण देखिएको थियो। जसमा ३९ जना पर्साका मात्र छन्।

रुपन्देही र कपिलवस्तुमा मंगलबार भेटिएका संक्रमित लुकिछिपी नेपाल प्रवेश गरेको खुलेको छ। भारतको मुम्बईबाट आएका उनीहरु उनीहरु लुकेर नेपालको सीमा प्रवेश गरेका थिए। प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीका अनुसार संक्रमित मध्ये कपिलवस्तु नगरपालिकाका ८ र लुम्बिनी साँस्कृतिक नगरपालिकाका ९ जना छन्।

उनीहरु करिब १० दिनअघि नेपाल आएका हुन्। लुकिछिपी नेपाल प्रवेश गरेका उनीहरु क्वारेन्टाइनमा बसेका थिए।