कस्तो रहला शुक्रबार देशभरको मौसम?

कस्तो रहला शुक्रबार देशभरको मौसम?

काठमाडौँ । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशको हिमाली भूभागमा आंशिक बादलों लागेको छ भने तराईका अधिकांश स्थान, उपत्यका तथा खोँचहरूमा तुवाँलो र हुस्सु छाएको छ।

आज दिउँसो कोशी र मधेश प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

त्यसैगरी आज राति पनि कोशी र मधेश प्रदेशमा आंशिक बदली कायम रहनेछ र अन्य प्रदेशहरूको मौसम मुख्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ।

भोलि बिहानपख तराईका भूभाग, उपत्यका तथा नदी किनारका खोँचहरूमा केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ।