वीरगन्ज । वीरगन्ज कारागारबाट एकजना कैदी फरार भएका छन् । जबरजस्ती करणी कसुरमा विगत ११ वर्षदेखि कैद सजाय भुक्तान गरिरहेका पर्साको पोखरीया नगरपालिका वडा नम्बर ४ घर भएका सुनिल साह बिहीबार बिहान कारागारबाट भागेका हुन् ।
शुक्रबार बिहान कारनगारभित्र सरसफाइको काम चलिरहेका बेला साह करागारको पर्खालबाट हाफ फालेर फरार भएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।
फरार भएका कैदी खोजीका लागि प्रहरी परिचालन भइसकेको मल्लले बताए । तालिमप्राप्त कुकुरको मद्दतमा प्रहरीको टोलीले शंकास्पद स्थानमा पुगेर खोजी गरिरहेको जानकारी उनले दिए ।