सुन-चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुन-चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी  महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ८०० रुपैयाँले बढेको हो।

यससँगै आज छापावाल सुन प्रतितोला २ लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो मंगलबार सुनको मूल्य घटेर प्रतितोला २ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी तोलामा ३० रुपैयाँले बढेर प्रतितोला ४ हजार ४२५ रुपैयाँ पुगेको छ। हिजो मंगलबार चाँदी प्रतितोला ४ हजार ३९५ रुपैयाँमा कारोबार भएको थियो।

छुटाउनुभयो कि ?