काठमाडौँ । मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला तीन हजार ८०० र चाँदीको मूल्य ११५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुन प्रतितोला दुई लाख ९० हजार ५०० र चाँदीको मूल्य चार हजार ३९५ कायम भएको छ ।
सोमबार छापावाल सुन प्रतितोला दुई लाख ९४ हजार ३०० र चाँदीको मूल्य चार हजार ५१० कायम थियो ।