बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?

बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार २०० रुपैयाँ कायम भएको छ ।

महासंघका अनुसार शुक्रबार प्रतितोला ३ लाख ३ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार २ हजार १०० रुपैयाँले बढेको हो ।

त्यस्तै, सुनको मूल्य प्रतिदश ग्राम २ लाख ६१ हजार ६६० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार प्रतितोला ४ हजार ७७५ रुपैयाँ रहेको चाँदीको मूल्य आइतबार २० रुपैयाँले बढेर ४ हजार ७९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

छुटाउनुभयो कि ?