काठमाडौँ । नेपाली बजारमा आज बिहीबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ हजार ३ सय रुपैयाँले घटेको हो।
मूल्य घटेसँगै आज सुन प्रतितोला २ लाख ९९ हजार ५ सय रुपैयाँमा कायम भएको छ। हिजो (बुधवार) सुन प्रतितोला ३ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। चाँदी प्रतितोला ६० रुपैयाँले घट्दै ४ हजार ६ सय २५ रुपैयाँमा कायम भएको छ। हिजो चाँदी प्रतितोला ४ हजार ६ सय ८५ रुपैयाँमा किनबेच भएको थियो।