काठमाडौं । हरितालिका तीजको दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला १ हजार २०० रुपैयाँले घटेको हो ।
महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला ३ लाख २ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, सुनको मूल्य १० ग्रामको २ लाख ५८ हजार ६० रुपैयाँ कायम भएको छ ।
यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले घटेको छ । सोमबार चाँदी प्रतितोला ४ हजार ६२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला ४ हजार ६६० रुपैयाँ थियो । चाँदीको मूल्य १० ग्रामको ३ हजार ९६१ रुपैयाँ कायम भएको छ ।