बढ्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

बढ्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा एक हजार दुई सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवयासी महासंघका अनुसार, आइतबार छापावाल सुन प्रतितोला तीन लाख दुई हजार दुई सय रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुन प्रतितोला तीन लाख एक हजार रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य तोालामा ६० रुपैयाँ बढेको छ । यससँगै चाँदी प्रतितोला ४६६० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार ४६ सय रुपैयाँमा कारोबार भएको थियो ।