काठमाडाैं। इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेड (Imperial Securities Company Limited) ले त्रिशूली नदी र भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २४ लाख ४५ हजार ५४५ आर्थिक सहयोग गरेको छ।

नेपाल-चीन सीमावर्ती क्षेत्रबाट सुरु भई भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत तटीय क्षेत्रका बस्तीहरूमा भएको ठूलो जनधनको क्षतिप्रति कम्पनीले गहिरो दुःख व्यक्त गरेको छ।
प्रभावित बासिन्दाहरूको राहत तथा पुनस्थापना कार्यमा सरकारलाई सहयोग पुर्याउने उद्देश्यले उक्त रकम कोषमा जम्मा गरिएको कम्पनीले जनाएको छ।