काठमाडौँ । शुक्रबार एकैदिन सुनको मूल्य तोलामा ४ हजार ८ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख १ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ५ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । यो साताको पहिलो दिन आइतबार सुनको मूल्य ३ लाख ७ हजार ४ सय रुपैयाँ थियो ।
त्यस्तै आज चाँदीको भाउ तोलामा २५५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ८५५ रुपैयाँ रहेको चाँदी आज ४ हजार ६ सयमा झरेको छ । साताको पहिलो दिन आइतबार चाँदीको भाउ ४ हजार ७६५ रुपैयाँ थियो ।