काठमाडौं। नेपाल राष्ट्र बैंकले आज (२५ भदौ) का लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर निर्धारण गरेको छ। केन्द्रीय बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १५१ रुपैयाँ ८८ पैसा र बिक्री दर १५२ रुपैयाँ ४८ पैसा तोकिएको छ।
त्यस्तै युरोपियन युरो एकको खरिद दर १७६ रुपैयाँ ५४ पैसा र बिक्री दर १७७ रुपैयाँ २४ पैसा कायम भएको छ भने युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर २०५ रुपैयाँ ५२ पैसा र बिक्री दर २०६ रुपैयाँ ३३ पैसा रहेको छ।
स्वीस फ्र्यांक एकको खरिद दर १८७ रुपैयाँ ३७ पैसा र बिक्री दर १८८ रुपैयाँ ११ पैसा, अष्ट्रेलियन डलर एकको खरिद दर १०९ रुपैयाँ ५८ पैसा र बिक्री दर ११० रुपैयाँ ०१ पैसा तथा क्यानेडियन डलर एकको खरिद दर ११० रुपैयाँ १७ पैसा र बिक्री दर ११० रुपैयाँ ६१ पैसा तोकिएको छ।
यसैगरी सिङ्गापुर डलर एकको खरिद दर १२० रुपैयाँ ०५ पैसा र बिक्री दर १२० रुपैयाँ ५२ पैसा कायम हुँदा जापानी येन १० को खरिद दर नौ रुपैयाँ ८८ पैसा र बिक्री दर नौ रुपैयाँ ९२ पैसा रहेको छ। चिनियाँ युआन एकको खरिद दर २२ रुपैयाँ ६४ पैसा र बिक्री दर २२ रुपैयाँ ७३ पैसा तोकिएको छ।
वैदेशिक रोजगारीका लागि प्रमुख गन्तव्य मानिने साउदी अरेबियन रियाल एकको खरिद दर ४० रुपैयाँ ४५ पैसा र बिक्री दर ४० रुपैयाँ ६१ पैसा, कतारी रियाल एकको खरिद दर ४१ रुपैयाँ ६७ पैसा र बिक्री दर ४१ रुपैयाँ ८३ पैसा तथा युएई दिराम एकको खरिद दर ४१ रुपैयाँ ३५ पैसा र बिक्री दर ४१ रुपैयाँ ५२ पैसा पुगेको छ।
अन्य मुद्राहरूमा मलेसियन रिङ्गेट एकको खरिद दर ३७ रुपैयाँ ३२ पैसा र बिक्री दर ३७ रुपैयाँ ४७ पैसा, साउथ कोरियन वन १०० को खरिद दर ११ रुपैयाँ ३४ पैसा र बिक्री दर ११ रुपैयाँ ३९ पैसा, थाई भाट एकको खरिद दर चार रुपैयाँ ६२ पैसा र बिक्री दर चार रुपैयाँ ६३ पैसा, स्विडिस क्रोनर एकको खरिद दर १५ रुपैयाँ ८२ पैसा र बिक्री दर १५ रुपैयाँ ८८ पैसा, डेनिस क्रोनर एकको खरिद दर २३ रुपैयाँ ६२ पैसा र बिक्री दर २३ रुपैयाँ ७१ पैसा तथा हङकङ डलर एकको खरिद दर १९ रुपैयाँ ३७ पैसा र बिक्री दर १९ रुपैयाँ ४४ पैसा तोकिएको छ।
कुवेती दिनार एकको खरिद दर ४९५ रुपैयाँ २९ पैसा र बिक्री दर ४९७ रुपैयाँ २४ पैसा, बहराइन दिनार एकको खरिद दर ४०२ रुपैयाँ ८४ पैसा र बिक्री दर ४०४ रुपैयाँ ४३ पैसा तथा ओमनी रियाल एकको खरिद दर ३९४ रुपैयाँ ४९ पैसा र बिक्री दर ३९६ रुपैयाँ ०५ पैसा कायम भएको छ।
भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकिएको छ। राष्ट्र बैंकका अनुसार यो दर जुनसुकै समयमा संशोधन हुन सक्नेछ भने वाणिज्य बैंकहरूले तोक्ने दर केही फरक पर्न सक्छ।