विदेशी मुद्रा विनिमयदर: अमेरिकी डलर १५२ नाघ्यो

विदेशी मुद्रा विनिमयदर: अमेरिकी डलर १५२ नाघ्यो

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०२ पैसा तय गरिएको छ।

यसैगरी युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५२ पैसा कायम हुँदा युके पाउन्ड स्ट्रलिङको खरिददर २०४ रुपैयाँ ८२ पैसा र बिक्रीदर २०५ रुपैयाँ ६३ पैसा पुगेको छ। स्विस फ्र्याङ्क एकको खरिददर १८६ रुपैयाँ ५७ पैसा र बिक्रीदर १८७ रुपैयाँ ३१ पैसा तोकिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ १९ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६२ पैसा, क्यानेडियन डलरको खरिददर १०९ रुपैयाँ ६८ पैसा र बिक्रीदर ११० रुपैयाँ १२ पैसा तथा सिङ्गापुर डलरको खरिददर ११९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १२० रुपैयाँ ०९ पैसा निर्धारण गरिएको छ।

एसियाली मुद्रातर्फ जापानी येन १० को खरिददर नौ रुपैयाँ ८३ पैसा र बिक्रीदर नौ रुपैयाँ ८७ पैसा तथा चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५६ पैसा र बिक्रीदर २२ रुपैयाँ ६५ पैसा कायम भएको छ।

खाडी मुलुक र श्रम गन्तव्यका मुद्रातर्फ साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ३२ पैसा र बिक्रीदर ४० रुपैयाँ ४८ पैसा, कतारी रियालको खरिददर ४१ रुपैयाँ ५४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७० पैसा तथा युएई दिरामको खरिददर ४१ रुपैयाँ २३ पैसा र बिक्रीदर ४१ रुपैयाँ ३९ पैसा तोकिएको छ।

यस्तै मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ २८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४३ पैसा, कुवेती दिनारको खरिददर ४९३ रुपैयाँ ७९ पैसा र बिक्रीदर ४९५ रुपैयाँ ७४ पैसा, बहराइन दिनारको खरिददर ४०१ रुपैयाँ ६० पैसा र बिक्रीदर ४०३ रुपैयाँ १९ पैसा तथा ओमनी रियालको खरिददर ३९३ रुपैयाँ २९ पैसा र बिक्रीदर ३९४ रुपैयाँ ८५ पैसा रहेको छ।

अन्य मुद्राहरूमा थाई भाट एकको खरिददर चार रुपैयाँ ६० पैसा र बिक्रीदर चार रुपैयाँ ६२ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ २८ पैसा र बिक्रीदर ११ रुपैयाँ ३२ पैसा, स्विडिस क्रोनरको खरिददर १५ रुपैयाँ ७६ पैसा र बिक्रीदर १५ रुपैयाँ ८२ पैसा, डेनिस क्रोनरको खरिददर २३ रुपैयाँ ५२ पैसा र बिक्रीदर २३ रुपैयाँ ६२ पैसा तथा हङकङ डलरको खरिददर १९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १९ रुपैयाँ ३९ पैसा तोकिएको छ।

यसैबीच भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा यथावत् रहेको छ। केन्द्रीय बैङ्कले यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा संशोधन हुन सक्ने जनाएको छ। वाणिज्य बैङ्कहरूले तोक्ने विनिमयदर भने केही फरक हुन सक्ने भएकाले अद्यावधिक दरका लागि बैङ्कको वेबसाइट हेर्न आग्रह गरिएको छ।

छुटाउनुभयो कि ?