काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३ हजार ५०० रुपैयाँले र चाँदी तोलामा १०० रुपैयाँले बढेको हो।
आज सुन प्रतितोला ३ लाख ५ हजार ४०० रुपैयाँ कायम भएको छ। सोमबार सुन प्रतितोला ३ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, मंगलबार चाँदी प्रतितोला ४ हजार ७९० रुपैयाँ कायम भएको छ। सोमबार चाँदी प्रतितोला ४ हजार ६९० रुपैयाँ कायम भएको थियो। नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ।