काठमाडौं । बुधबार एकैदिन सुनको भाउ तोलामा ८ हजार ८ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य २ लाख ९७ हजार ३ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ६ हजार १ सय रुपैयाँ थियो ।
चार दिनमै सुनको मूल्य तोलामा २१ हजार २ सय रुपैयाँ घटेको छ । यो साता लगातार सुनको भाउ घटेको छ । गत शुक्रबार सुनको मूल्य ३ लाख १८ हजार ५ सय रुपैयाँ थियो।
चाँदीको मूल्य आज १८५ रुपैयाँ घटेको छ । आज चाँदीको भाउ प्रतितोला ४ हजार ५८० रुपैयाँ छ । तीन दिनमा चाँदीको भाउ ३८५ रुपैयाँ घटेको छ । यसअघि शुक्रबार चाँदीको भाउ ४ हजार ९६५ रुपैयाँ थियो ।