गण्डकी प्रदेशका नवनियुक्त मन्त्रीले लिए शपथ

गण्डकी प्रदेशका नवनियुक्त मन्त्रीले लिए शपथ

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।  नेपाल समाजवादी पार्टी (नेसपा) का फणीन्द्र देवकोटाले ऊर्जा मन्त्रीको रुपमा प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष शपथ लिएका हुन् । 

यसअघि देवकोटाले छोडेपछि कांग्रेसका नन्दप्रसाद न्यौपाने यो मन्त्रालयको जिम्मेवारीमा थिए । न्यौपानेको जिम्मेवारी हेरफेर गरिएको छ । न्यौपानेलाई भौतिक मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

गण्डकीमा भौतिक र ऊर्जा मन्त्रालय सबैभन्दा बढी बजेट भएका मन्त्रालय हुन् ।