रवीन्द्र ढाँट रोड टू यूएफसीको फाइनलमा

रवीन्द्र ढाँट रोड टू यूएफसीको फाइनलमा

काठमाडौँ । नेपाली एमएमए फाइटर रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा प्रवेश गरेका छन् । 

उनले शुक्रबार संघाइ इन्डोर रंगशालामा सम्पन्न बेन्टमवेटअन्तर्गतको सेमिफाइनलमा न्युजिल्यान्डका कासिब मर्डोचलाई स्पिल्ट डिसिजनका आधारमा पराजित गरेका हुन् । यो हारसँगै मर्डोचको आठ खेलसम्मको अपराजित यात्रामा पनि पूर्णविराम लागेको छ । 

रवीन्द्रले फाइनलमा जापानका रियो ताजिमाको सामना गर्नेछन् । ताजिमाले भारतका चुंगरेन कोरेनलाई युनानिमस डिसिजनका आधारमा पराजित गरेका हुन् । फाइनल खेल जितेमा रवीन्द्रले यूएफसीको कन्ट्रयाक पाउने छन् ।

छुटाउनुभयो कि ?