२५० रुपैयाँको बिल लेरायो भाग्य: कञ्चनपुरका उपभोक्ताले जिते १० लाखको बम्पर उपहार

२५० रुपैयाँको बिल लेरायो भाग्य: कञ्चनपुरका उपभोक्ताले जिते १० लाखको बम्पर उपहार

काठमाडौं। २५० रुपैयाँको सामान्य किनमेलले एक उपभोक्तालाई रातारात लखपति बनाएको छ।

आन्तरिक राजस्व विभागद्वारा सञ्चालित 'करदाता प्रोत्साहन उपहार कार्यक्रम' अन्तर्गत कञ्चनपुर, पुनर्वास नगरपालिकास्थित शिव कृष्ण जनरल स्टोरबाट सामान खरिद गरेका एक ग्राहकले १० लाख रुपैयाँको पहिलो बम्पर नगद उपहार जितेका हुन्।

विभागले साउन १ देखि १५ गतेसम्म जारी गरिएका कर बिजक (बिल) हरूलाई समेटेर गरिएको पहिलो भाग्यशाली गोलाप्रथा (ड्र) मार्फत विजेताको नाम घोषणा गरेको हो। उपभोक्तालाई सामान वा सेवा खरिद गर्दा अनिवार्य रूपमा अनिवार्य बिल लिने बानी बसाल्न र कर प्रणालीमा प्रोत्साहन गर्न विभागले यो योजना सञ्चालनमा ल्याएको हो।

विभागका अनुसार करदाता प्रोत्साहन कार्यक्रम अन्तर्गत सही तरिकाले बिल लिएर योग्य ठहरिएका सर्वसाधारण उपभोक्ताहरू माझबाट गोलाप्रथा गरी पारदर्शी रूपमा विजेता छनोट गरिन्छ।

सर्वसाधारणलाई कर प्रणालीमा जोडिन प्रेरित गर्ने उद्देश्यले सुरु गरिएको यो उपहार कार्यक्रम अन्तर्गत अब हरेक महिनाको १६ गते र महिनाको अन्तिम दिन नियमित रूपमा उपहार विजेताको घोषणा गरिने विभागले जनाएको छ।

छुटाउनुभयो कि ?