विदेशी मुद्राको विनिमयदर सार्वजनिक: कुन देशको रुपैयाँ कतिमा हुँदैछ कारोबार?

विदेशी मुद्राको विनिमयदर सार्वजनिक: कुन देशको रुपैयाँ कतिमा हुँदैछ कारोबार?

काठमाडाैं। नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६६ पैसा कायम गरिएको छ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ४५ पैसा र बिक्रीदर १७६ रुपैयाँ १४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ६२ पैसा र बिक्रीदर २०५ रुपैयाँ ४३ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८७ रुपैयाँ ८३ पैसा र बिक्रीदर १८८ रुपैयाँ ५७ पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ०८ पैसा र बिक्रीदर १०७ रुपैयाँ ५० पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ५३ पैसा र बिक्रीदर १०८ रुपैयाँ ९६ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ ६० पैसा र बिक्रीदर ११९ रुपैयाँ ०७ पैसा एवं जापानी येन १० को खरिददर नौ रुपैयाँ ६३ पैसा र बिक्रीदर नौ रुपैयाँ ६७ पैसा कायम भएको छ।

चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५३ पैसा र बिक्रीदर २२ रुपैयाँ ६२ पैसा तोक्दा खाडी मुलुकहरुतर्फ साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ४९ पैसा र बिक्रीदर ४० रुपैयाँ ६५ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७१ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८७ पैसा तथा युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४० पैसा र बिक्रीदर ४१ रुपैयाँ ५७ पैसा तोकिएको छ।

अन्य मुद्रातर्फ मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ १८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३३ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ६७ पैसा र बिक्रीदर १० रुपैयाँ ७२ पैसा, थाइ भाट एकको खरिददर चार रुपैयाँ ६० पैसा र बिक्रीदर चार रुपैयाँ ६२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ०५ पैसा र बिक्रीदर १६ रुपैयाँ ११ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ४७ पैसा र बिक्रीदर २३ रुपैयाँ ५६ पैसा कायम गरिएको छ।

यसैगरी, हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ३८ पैसा र बिक्रीदर १९ रुपैयाँ ४६ पैसा, कुवेती दिनार एकको खरिददर ४९५ रुपैयाँ १५ पैसा र बिक्रीदर ४९७ रुपैयाँ १० पैसा, बहराइन दिनार एकको खरिददर ४०३ रुपैयाँ २९ पैसा र बिक्रीदर ४०४ रुपैयाँ ८८ पैसा तथा ओमनी रियाल एकको खरिददर ३९४ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ५० पैसा रहेको छ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ। राष्ट्र बैंकले तोकेको यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन हुन सक्ने र वाणिज्य बैंकहरूले तोक्ने दर भने केही फरक हुन सक्ने जनाइएको छ।

छुटाउनुभयो कि ?