राष्ट्रपति पौडेल र प्रमुख प्रतिपक्षी दल नेता आङ्देम्बेबीच भेटवार्ता

राष्ट्रपति पौडेल र प्रमुख प्रतिपक्षी दल नेता आङ्देम्बेबीच भेटवार्ता

काठमाडाैं। राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्।

उनीहरूबीच सोमबार बिहान शीतल निवासमा करिब एक घण्टा कुराकानी भएको हो।

भेटमा समसामयिक राजनीतिक परिस्थिति र संसदीय गतिविधिबारे छलफल भएको आङ्देम्बेको सचिवालयले जनाएको छ।

सो क्रममा राष्ट्रपति पौडेलले राजनीतिक स्थिरताको आवश्यकता औंल्याउँदै कानुन निर्माणमा संसद्को प्रभावकारिता बढाउनुपर्नेमा जोड दिएका थिए।

यस्तै बाढीपहिरो प्रभावितको उद्धार, राहत र पुनर्स्थापनामा सबै पक्षबीच समन्वय र सहयोग आवश्यक रहेको उनको भनाइ थियो।

छुटाउनुभयो कि ?