सुनको मूल्यमा उच्च गिरावट: सुन तोलामा ५,८०० रुपैयाँले घट्यो

सुनको मूल्यमा उच्च गिरावट: सुन तोलामा ५,८०० रुपैयाँले घट्यो

काठमाडौं। स्थानीय बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य गिरावट आएको छ।

अघिल्लो दिन बिहीबारको तुलनामा छापावाल सुनको मूल्य प्रतितोला ५ हजार ८०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्यमा पनि प्रतितोला १५५ रुपैयाँको कमी आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार ५०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ४ हजार ३५० रुपैयाँ निर्धारण गरिएको छ।

यसअघि बिहीबार छापावाल सुन प्रतितोला २ लाख ९१ हजार ३०० रुपैयाँ र चाँदी प्रतितोला ४ हजार ५०५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारको उतारचढावका कारण नेपाली बजारमा पनि केही दिनयता सुनचाँदीको मूल्यमा निरन्तर फेरबदल भइरहेको छ।

यसअघि गत मंगलबार प्रतितोला २ लाख ८५ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार बढेर २ लाख ९१ हजार रुपैयाँ पुगेको थियो। त्यसैगरी मंगललबार ४ हजार ३७० रुपैयाँमा बिक्री भएको चाँदी बुधबार ४ हजार ४८० रुपैयाँ पुगेको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ४ हजार ४५ अमेरिकी डलर र चाँदी प्रतिऔँस ५७ अमेरिकी डलरको हाराहारीमा कारोबार भइरहेको छ।

छुटाउनुभयो कि ?