काठमाडौं। स्थानीय बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको हो।
यस वृद्धिसँगै आज छापावाला सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार ६ सय रुपैयाँ कायम भई कारोबार भइरहेको छ। यसअघि अघिल्लो दिन सुन प्रतितोला २ लाख ८४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ४ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ३२० रुपैयाँ रहेको थियो।