राष्ट्रपतिद्वारा बजेट आश्रित तीनवटै विधेयक प्रमाणीकरण

राष्ट्रपतिद्वारा बजेट आश्रित तीनवटै विधेयक प्रमाणीकरण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्‍बाट पारित भएर आएका तीन वटा महत्त्वपूर्ण विधेयकहरू प्रमाणीकरण गरेका छन् ।

राष्ट्रपति कार्यालयका अनुसार मङ्गलबार विनियोजन विधेयक २०८३, राष्ट्र ऋण उठाउने विधेयक २०८३ र आर्थिक विधेयक २०८३ राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् ।

सङ्घीय संसद्‍को बैठकबाट पारित भई स्वीकृतिका लागि राष्ट्रपति समक्ष पेस गरिएका ती विधेयकहरू नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएका हुन् ।

राष्ट्रपतिबाट बजेटसँग सम्बन्धित यी विधेयकहरू प्रमाणीकरण भएसँगै सरकारलाई आगामी आर्थिक वर्षको बजेट पूर्ण रूपमा कार्यान्वयन गर्ने कानुनी बाटो खुला भएको छ ।

छुटाउनुभयो कि ?