काठमाडाैं। नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्यमा प्रतितोला दुई हजार आठ सय रुपैयाँको गिरावट आएको हो।
यो गिरावटसँगै आज बजारमा सुन प्रतितोला २ लाख ८५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि गत कारोबार दिन सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो।
सुनसँगै आज चाँदीको मूल्य पनि ओरालो लागेको छ। चाँदीको मूल्य तोलामा एक सय रुपैयाँले घटेर प्रतितोला ४ हजार ३ सय ७५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।