सुनचाँदीको मूल्यमा उतारचढाव: सुनको मूल्य बढ्दा चाँदी सस्तियो

सुनचाँदीको मूल्यमा उतारचढाव: सुनको मूल्य बढ्दा चाँदी सस्तियो

काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्यमा तोलामा ३५ रुपैयाँको गिरावट आएको छ।

नयाँ मूल्यअनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँ कायम भएको छ। यसअघि गत शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ८७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, सुनको मूल्य बढ्दा चाँदी भने केही सस्तिएको छ। महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला ४ हजार ४७५ रुपैयाँ निर्धारण गरिएको छ।

गत शुक्रबार चाँदी प्रतितोला ४ हजार ५१० रुपैयाँमा खरिदबिक्री भएको थियो। अन्तर्राष्ट्रिय बजारमा भइरहेको उतारचढावकै प्रभावस्वरूप स्थानीय बजारमा पनि मूल्यमा यो फेरबदल आएको हो।

छुटाउनुभयो कि ?