काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदबाट पारित भएका चारवटा विधेयक प्रमाणीकरण गरेका छन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिअनुसार राष्ट्रपति पौडेलले बिहीबार ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’, ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’, ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ तथा ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ प्रमाणीकरण गरेका हुन्।
उक्त विधेयकहरू संघीय संसद्को दुवै सदनबाट पारित भई संविधानबमोजिम प्रमाणीकरणका लागि बिहीबार नै राष्ट्रपति कार्यालयमा पेस गरिएका थिए। राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै यी विधेयकहरू कानुनका रूपमा कार्यान्वयनको प्रक्रिया अघि बढ्नेछन्।