बुधबार सुन तोलामा ९ सय रुपैयाँले ओरालो लाग्यो, चाँदीको मूल्य पनि ५५ रुपैयाँले घट्यो

बुधबार सुन तोलामा ९ सय रुपैयाँले ओरालो लाग्यो, चाँदीको मूल्य पनि ५५ रुपैयाँले घट्यो

काठमाडाैं। नेपाली सुनचाँदी बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेको छ।

यो गिरावटसँगै आज छापावाल सुन प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँ कायम भई कारोबार भइरहेको छ। यसअघि मंगलबार सुनको मूल्य तोलामा २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो। महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख ४६ हजार १४० रुपैयाँ कायम भएको छ।

सुनसँगै आज चाँदीको मूल्य पनि ओरालो लागेको छ। चाँदीको मूल्य तोलामा ५५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार नेपाली बजारमा चाँदी प्रतितोला ४ हजार ५५५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा भुक्तानी सन्तुलन र बहुमूल्य धातुको मागमा आएको उतारचढावका कारण स्थानीय बजारमा पनि मूल्य समायोजन गरिएको महासंघले जनाएको छ।

छुटाउनुभयो कि ?