आइभरी कोस्टमाथि नर्वेको रोमाञ्चक जित, अर्को चरणमा ब्राजिलसँग भिड्ने

आइभरी कोस्टमाथि नर्वेको रोमाञ्चक जित, अर्को चरणमा ब्राजिलसँग भिड्ने

काठमाडाैं। फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत अमेरिकाको डलास रङ्गशालामा भएको रोमाञ्चक खेलमा आइभरी कोस्टलाई २-१ गोलअन्तरले पराजित गर्दै नर्वे प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेको छ। अब नर्वेले अर्को चरणमा बलियो टोली ब्राजिलको सामना गर्ने तय भएको छ।

प्रतिस्पर्धात्मक खेलको ३९औँ मिनेटमा एन्टोनियो नुसाले गोल गर्दै नर्वेलाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलले पछि परेको आइभरी कोस्टले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्‍यो।

खेलको ७४औँ मिनेटमा अमाद डियाल्लोले गोल गर्दै खेललाई १-१ को बराबरी स्थितिमा ल्याए। खेल बराबरीतिर धकेलिइरहेका बेला ८६औँ मिनेटमा नर्वेका स्टार स्ट्राइकर एर्लिङ हल्याण्डले निर्णायक गोल गर्दै टोलीलाई २–१ को जित दिलाए। हल्याण्डको गोलपछि खेलमा थप गोल हुन सकेन र नर्वेले नकआउट चरणको यात्रा सुरक्षित गर्‍यो।

विश्वकपको अन्तिम ३२ अन्तर्गतका अन्य खेलहरूमा आज राति २ः४५ बजे फ्रान्स र स्विडेनबीच प्रतिस्पर्धा हुँदैछ भने भोलि बिहान ६ः४५ बजे मेक्सिको र इक्वेडोर आमनेसामने हुनेछन्।

छुटाउनुभयो कि ?