आजको भाग्यफल: मेषदेखि मीनराशिसम्मको दैनिक भविष्यवाणी

आजको भाग्यफल: मेषदेखि मीनराशिसम्मको दैनिक भविष्यवाणी

मेष आजको दिन शरीरमा केही आलस्य बढ्न सक्छ। कुनै अप्रिय खबर सुनेर मन खिन्न हुने सम्भावना छ। यद्यपि, व्यापार व्यवसायमा गरेको लगानीबाट राम्रो फाइदा मिल्नेछ। विद्यार्थी वर्गले पठनपाठनमा विशेष ध्यान दिनुपर्ने देखिन्छ। प्रेम सम्बन्ध भने सुमधुर र बलियो बन्ने योग छ।

वृष आज आयआर्जनका नयाँ बाटा र स्रोतहरू फेला पर्नेछन्। स्वास्थ्यमा राम्रो सुधार आउनेछ। धनसम्पत्तिको पछाडि धेरै लाग्दा पुराना साथीभाइहरू टाढिन सक्छन्, तसर्थ सन्तुलन मिलाउनुहोला। पठनपाठनमा मन जानेछ भने परिवारका सदस्यहरूसँग रमाइलो जमघट गर्ने अवसर मिल्नेछ।

मिथुन आज सञ्चित धनको बढी खर्च हुन सक्छ। केही अप्ठेरो र चुनौतीपूर्ण परिस्थितिको सामना गर्नुपर्ने हुनसक्छ। आजको दिन राजनीतिक गतिविधिबाट टाढै रहनु उचित हुनेछ। व्यापारमा गरेको लगानीबाट भने लाभ नै मिल्नेछ। शिक्षाको क्षेत्रमा गरेको श्रमको प्रतिफल पाउन केही समय प्रतीक्षा गर्नुपर्ने देखिन्छ। सकेसम्म आज यात्रा नगर्नु नै राम्रो हुनेछ।

कर्कट आजको दिन तपाईंको लागि निकै राम्रो छ। मन प्रसन्न र उत्साहित रहनेछ। स्वास्थ्यको क्षेत्रमा गरेको मेहनतको सकारात्मक प्रतिफल प्राप्त हुनेछ। शिक्षाको क्षेत्रमा गरिएको लगानीबाट राम्रो फाइदा मिल्ने देखिन्छ। विपक्षी समूहमा बौद्धिक व्यक्तिहरू सक्रिय भएकाले आज थोरै र सोचेर मात्र बोल्नु बुद्धिमानी हुनेछ।

सिंह आज खर्चको मात्रा अलि बढ्न सक्छ। संकटको समयमा पुराना र भरपर्दा साथीभाइको राम्रो साथ सहयोग मिल्नेछ। आफ्ना योजनाहरू अरूलाई सुनाउनुभन्दा सीधै कामको सुरुवात गर्नु बढी फलदायी हुनेछ। आफ्ना गोपनीयता र महत्त्वपूर्ण कुराहरू सुरक्षित राख्नुपर्ने दिन छ।

कन्या फलफूल र कृषि क्षेत्रमा गरेको लगानीबाट आज राम्रो फाइदा हुनेछ। स्वदेशमै आम्दानीका प्रशस्त र नयाँ स्रोतहरू देखा पर्नेछन्। स्वास्थ्यमा सुधार आउनेछ भने परिवारभित्र तपाईंको कामको उच्च प्रशंसा हुनेछ। आज साझेदारीमा गरिएको लगानीबाट पनि विशेष लाभ मिल्नेछ।

तुला आजको दिन तपाईंको लागि निकै शुभ छ। आफ्नो कला, गला र क्षमता प्रदर्शन गर्ने उपयुक्त अवसर मिल्नेछ। बौद्धिक व्यक्तिहरूसँगको भेटघाटले मन प्रसन्न र ऊर्जावान् बन्नेछ। राजनीतिक क्षेत्रका साथीहरूसँगको सहकार्य प्रभावकारी बन्दा समाज सेवाको नयाँ अवसर मिल्न सक्छ।

वृश्चिक लामो समयदेखि रोकिएका अधुरा कामहरू आज बन्नेछन्, जसले मनमा उत्साह बढाउनेछ। साथीभाइसँगको भेटघाटले भविष्यका लागि नयाँ योजनाहरू तय हुन सक्छन्। अरूको बढी चिन्ता गर्दा आफ्नै स्वास्थ्य जोखिममा पर्न सक्ने भएकाले सजग रहनुहोला। परिवारसँगको सम्बन्ध भने निकै सुमधुर रहनेछ।

धनु आजको दिन सामान्य खालको छ। अनावश्यक यात्रामा दौडधुप हुँदा सञ्चित धन खर्च हुन सक्छ। आम्दानीको तुलनामा खर्च बढ्नाले मन केही भारी बन्नेछ। कुनै पनि धार्मिक वा आध्यात्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नुभएमा मन शान्त रहनेछ।

मकर तपाईंको लागि आजको दिन निकै राम्रो र फलदायी छ। गोचरमा शुभ ग्रहहरूको बहुमत रहेकाले आम्दानीका दृष्टिले दिन उत्कृष्ट साबित हुनेछ। पुराना समस्याहरू हल हुनेछन् र परिवारसँगको सम्बन्ध थप सुमधुर बन्नेछ।

कुम्भ आजको दिन सुखद रहनेछ। कतै लामो वा छोटो दूरीको घुमफिरको योजना बन्न सक्छ। समाजका बौद्धिक व्यक्तिहरूसँग भेटघाट हुनेछ। आध्यात्मिक र सकारात्मक कुराकानीले मनको बोझ हलुका भएको महसुस हुनेछ। कार्यक्षेत्र र परिवारमा सबैको साथ र सहयोग बढ्नेछ।

मीन आज समाजमा मानसम्मान र प्रतिष्ठा प्राप्त हुने दिन छ। संकट वा अप्ठेरो पर्दा परिवारको पूर्ण साथ र सहयोग मिल्नेछ। तपाईंको श्रम र मिहिनेतको उचित मूल्य मिल्ने योग छ। मन मिल्ने पुराना साथीभाइसँग भेटघाट भई रमाइलो कुराकानी हुनेछ।

छुटाउनुभयो कि ?