काठमाडौं। फिफा विश्वकप २०२६ मा समूह सी को मोरक्कोले पहिलो जित निकालेको छ। शनिबार बिहान बोस्टन स्टेडियममा भएको आफ्नो दोस्रो खेलमा स्कटल्याण्डलाई १–० गोलले हराउँदै मोरक्को विजयी भएको हो।
मोरक्कोका लागि इस्माइल साईबारीले एक गोल गरे। खेलको दोस्रो मिनेटमा इस्माइलले गरेको गोल नै मोरक्कोको जितका लागि निर्णायक बन्यो।
यो जितसँगै मोरक्को दुई खेलबाट ४ अंकसहित समूह सी को शीर्षस्थानमा रहेको छ। पहिलो खेलमा मोरक्कोले ब्राजिलसँग बराबरी खेलेको थियो भने स्कटल्याण्डले हाइटीलाई हराएको थियो।
यसै समूहमा रहेका ब्राजिल र हाइटीबीचको खेल शनिबार बिहान सवा ६ बजे सुरु हुँदैछ। समूह सी मा नकआउट चरणका लागि यी दुई टोलीबीचको खेलको परिणाम निकै रोचक बन्नेछ।