विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक: आज कुन मुद्रा कतिमा हुँदैछ कारोबार?

विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक: आज कुन मुद्रा कतिमा हुँदैछ कारोबार?

काठमाडाैं। नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमयदर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले तोकेको नयाँ दरअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ६४ पैसा र बिक्रीदर १५१ रुपैयाँ २४ पैसा कायम भएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ६७ पैसा र बिक्रीदर १७३ रुपैयाँ ३६ पैसा निर्धारण गरिएको छ भने युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९९ रुपैयाँ १५ पैसा र बिक्रीदर १९९ रुपैयाँ ९५ पैसा पुगेको छ । स्वीस फ्रयांक एकको खरिददर १८७ रुपैयाँ ३४ पैसा र बिक्रीदर १८८ रुपैयाँ ०९ पैसा तोकिएको छ ।

अन्य प्रमुख देशका मुद्राहरूमा अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ५४ पैसा र बिक्रीदर १०५ रुपैयाँ ९६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ६२ पैसा र बिक्रीदर १०७ रुपैयाँ ०५ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ ७० पैसा र बिक्रीदर ११७ रुपैयाँ १७ पैसा रहेको छ ।

एसियाली मुलुकहरूतर्फ जापानी येन १० को खरिददर नौ रुपैयाँ ३६ पैसा र बिक्रीदर नौ रुपैयाँ ४० पैसा हुँदा चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ २५ पैसा र बिक्रीदर २२ रुपैयाँ ३३ पैसा कायम भएको छ । त्यस्तै, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ७९ पैसा र बिक्रीदर नौ रुपैयाँ ८२ पैसा तोकिएको छ ।

खाडी मुलुकहरूको मुद्रातर्फ साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ १४ पैसा र बिक्रीदर ४० रुपैयाँ ३० पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ३३ पैसा र बिक्रीदर ४१ रुपैयाँ ४९ पैसा तथा युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ०१ पैसा र बिक्रीदर ४१ रुपैयाँ १८ पैसा कायम भएको छ ।

मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७३ पैसा हुँदा थाइ भाट एकको खरिददर चार रुपैयाँ ५९ पैसा र बिक्रीदर चार रुपैयाँ ६१ पैसा रहेको छ । यसैगरी हङकङ डलर एकको खरिददर १९ रुपैयाँ २२ पैसा र बिक्रीदर १९ रुपैयाँ ३० पैसा तोकिएको छ ।

युरोपेली राष्ट्रहरूतर्फ स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ७२ पैसा र बिक्रीदर १५ रुपैयाँ ७८ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ १० पैसा र बिक्रीदर २३ रुपैयाँ १९ पैसा रहेको छ ।

उच्च मूल्य भएका मुद्राहरूमा कुवेती दिनार एकको खरिददर ४९० रुपैयाँ २१ पैसा र बिक्रीदर ४९२ रुपैयाँ १६ पैसा, बहराइन दिनार एकको खरिददर ३९९ रुपैयाँ ५७ पैसा र बिक्रीदर ४०१ रुपैयाँ १६ पैसा तथा ओमनी रियाल एकको खरिददर ३९१ रुपैयाँ २९ पैसा र बिक्रीदर ३९२ रुपैयाँ ८५ पैसा कायम गरिएको छ । नेपाली बजारमा सबैभन्दा बढी कारोबार हुने भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा स्थिर राखिएको छ ।

केन्द्रीय बैंकले यो विनिमयदरलाई बजारको आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने स्पष्ट पारेको छ । वाणिज्य बैंकहरूले आफ्नै हिसाबले तोक्ने विनिमयदर भने राष्ट्र बैंकको दरभन्दा केही फरक हुन सक्ने र सर्वसाधारणले तत्कालको अद्यावधिक दर थाहा पाउन केन्द्रीय बैंकको आधिकारिक वेबसाइट हेर्न सक्ने बैंकले जनाएको छ ।

छुटाउनुभयो कि ?